नीलकण्ठ नगरपालिकाको भू-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी सुचना

Avatar photo
Dhadingpost
भदौ २०, २०८१

नीलकण्ठ नगरकार्यपालिका (स्थानीय भू-उपयोग परिषद्) को मिति २०८१ साल श्रावण २७ गते बसेको बैठकको निर्णयानुसार यस नगरपालिका क्षेत्र भित्र रहेका जग्गाको कित्ताहरुलाई विभिन्न किसिममा वर्गीकरण गरि नीलकण्ठ नगरपालिकाको website:www.neelakanthamun.gov.np मा सम्बन्धित वडा प्रोफाइलमा राखिएको व्यहोरा सम्बन्धित जग्गाधनी र सरोकारवालाहरुको जानकारी लागि यो सूचना प्रकाशन गरिएको छ । उक्त जग्गाहरुको वर्गीकरण सम्बन्धमा जग्गाधनी / सरोकारवालाहरुको गुनासो भए १५ दिन भित्र यस सम्बन्धमा थप जानकारी तथा केहि गुनासो भए सम्बन्धित वडा कार्यालय र यस नगरपालिकाको भवन तथा वस्ती विकास शाखामा समेत राख्न सकिने छ ।
पुनश्च : यो वर्गीकरण नापी कार्यालयको नक्सा प्रिन्ट / डाटा बाट निर्माण गरिएको हुनाले कुनै छुट हुन गएको, त्रुटी भएको पाइएमा उक्त म्याद भित्र आएको निवेदनलाई सुधार गर्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत