धादिङका खिल गिरी कांग्रेसको कानुन विभागमा मनोनित

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १४, २०८१

धादिङ । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुन विभागमा शुक्रबार १० जनालाई मनोनयन गरेका छन् ।

सभापति देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको समिति सदस्य थप गरेका हुन् ।

मनोनित १० जना मध्य धादिङका खिल गिरी छन् । अन्य मनोनितमा दुर्गाबहादुर सुनार कास्की, दिपकराज गौतम दाङ, ध्रुव श्रेष्ठ सुर्खेत, रामचन्द्र गौतम रूकुम पश्चिम,मन्दिरा शर्मा काभ्रेपलाञ्चोक, अनिलकुमार कर्ण धनुषा, शोभा घिमिरे संखुवासभा रहेका छन् ।