विषय: सहभागी पठाउने सम्बन्धमा ।
प्रस्तुत विषयमा राष्ट्रिय बाल दिवसको अवसर पारेर नीलकण्ठ नगरपालिका कार्यालयले “बालमैत्री स्थानीय शासन र बालबालिका शिर्षकमा तपसिल बमोजिमको मिति स्थान र समयमा वक्तृत्वकला कार्यक्रम आयोजना गर्न लागेको हुँदा तहाँ वडाहरुबाट वडा स्थित बाल क्लब सञ्जालले छनौट गरेका १-१ जना बालक र बालिकाहरुको विवरण मिति २०८१/०५/२४ गते भित्र यस कार्यालको सामाजिक विकास शाखामा पठाईदिनुहुन अनुरोध छ।
तपसिल
मिति २०८१/०५/२६ गते
स्थान: नीलकण्ठ नगरपालिकाको सिटीहल
समय: बिहान ११ बजे
थप जानकारीको लागि फोन नं ८८४१०६३१८०, ९८४१४२७२४४ मा सम्पर्क गर्नुहुन अनुरोध छ
पुरुषोत्तम सुवेदी
प्रमुख प्रशासकीय अधिकृत