नेपाली जनप्रगतिशील मञ्च पीगोइस क्षेत्रीय समिति गठन

Avatar photo
गोविन्द बुढाथोकी
आइतवार, भदौ २, २०८१

पोर्चुगल । नेकपा (माओवादी केन्द्र) निकट नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको क्षेत्रीय समितिको अध्यक्षमा तुल बहादुर श्रेष्ठ बिकेश चयन भएका छन् ।

जनप्रगतिशील मञ्च पोर्चुगल अध्यक्ष सीता ढकाल सुवेदीको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले उपाध्यक्षमा लक्ष्मण घले,सचिवमा देवकुमार कटुवाल, कोषाध्यक्षमा रश्मि श्रेष्ठ चयन भएका छन् ।

यस्तै नवगठित कार्य समितिको सदस्यहरुमा भीम लामा, अनु भण्डारी, मनिष सुनार, सन्तोष भण्डारी, डेनिश राई, दिपक कटुवाल, विशाल बिष्ट, दिपेन आचार्य, काजी तामाङ र तेन्जिङ लामा चयन भएका छन् ।

भेलाका प्रमुख अतिथि सुवेदीले सङ्गठन सुदृढीकरणका सन्दर्भले पोर्चुगल भरी क्षेत्रीय कमिटीहरु गठन भैरहेको र सङ्गठनमा आबद्धता हुनेको संख्या बढीरहेको बताएकी थिईन् ।

कार्यक्रमका अध्यक्ष एवम् पूर्व उपाध्यक्ष प्रकाश जिसीले परदेशमा पनि पार्टी प्रतिको मोह बढ्दैगएको र आगामी दिनमा पोर्चुगलमा सकृय तथा कृयाशील सदस्यमा उल्येख्य वृद्धि हुने बिचार ब्यक्त व्यक्त गरेका थिए । साथै पिगोइस क्षेत्रमा आबद्ध साथीहरुले अब सिधै NRNA र सङ्गठनबाट सीधा साथ सहयोग लिनुहुनेछ अब म पुल भैरहन परेन सबैको आत्मीयता र हार्दिकता कायम रहोस भन्दै नव निर्वाचित कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रमा मञ्चका प्रवक्ता नृपेश गिरी र ऋतु अधिकारीको विशेष आतिथ्यता, व्यवसायी सङ्गठनका शंकर सुवेदी, एलिजा गिरी, कुमारी मगर लगायतको आतिथ्यता रहेको थियो ।