सावित्रा कोईरालाको अध्यक्षतामा स्वास्थ्य स्वयंसेविका गठन

Avatar photo
Dhadingpost
शनिबार, भदौ १, २०८१

धादिङ । नीलकण्ठ नगरपालिका स्तरीय महिला स्वास्थ्य स्वयंसेविकाहरुको भेलाले अध्यक्षमा सावित्रा कोईरालालाई चयन गरेको छ । शुक्रबार सम्पन्न उक्त भेलाबाट उपाध्यक्षमा समिता मगर, सचिवमा कमला तामाङ,सहसचिवमा कमला श्रेष्ठ र कोषाध्यक्षमा मिरा आले मगर चयन भएका छन् ।

नीकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको उक्तबाट सदस्यहरुमा सावित्री थापा मगर, कमला वरुवाल, गिता श्रेष्ठ, एन्जिला श्रेष्ठ,अनुष्का घिमिरे,सर्मिला घिमिरे, लक्ष्मी श्रेष्ठ, एन्जिला श्रेष्ठ र एन्जिला तामाङ चयन भएका छन् ।

कार्यक्रममा नग प्रमुख ढुङगानाले महिला स्वास्थ्य स्वयंसेविकाहरुले खाजा खर्च वापत वर्षको ३ हजार प्रदान गर्ने घोषणा गरेका थिए । स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले समुदाय स्तरमा बालमृत्युदर घटाउनुका साथै विभिन्न स्वास्थ्य सम्बन्धी सचेतनाहरु जगाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुले अहम भूमिका रहँदै आएको बताएका थिए ।