गंगाजमुना ५ मा बजार अनुगमन, म्याद गुज्रिएका सामाग्री नष्ट

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २९, २०८१

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका ५ मा वडा अध्यक्ष कुमार अधिकारीको संयोजकत्वमा गठित बजार अनुगमन समितिले स्थानीय बजारहरु अनुगमन गरेको छ ।

अनुगमनका क्रममा कुनै व्यवसायीलाई पनि कार्वाही गरिएको छैन । म्याद गुज्रिएका सामाग्री जफतगरि नष्ट गर्ने कार्य गरेका छौं भने मुल्य नतोकिएका समाग्री नराख्न र बढी मुल्य नलिन आग्रह गर्दै नटेरेमा कानुन अनुसार कार्वाही हुने व्यवसायीहरुलाई जानकारी गराएको वडा अध्यक्ष अधिकारीले धादिङपोष्टलाई बताए ।