जनप्रगतिशील मञ्च अलेन्तेजोको अध्यक्षमा पार्वता घिमिरे चयन

Avatar photo
Dhadingpost
आइतवार, साउन २०, २०८१

पोर्चुगल । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अलेन्तेजो क्षेत्रिय कमिटिको अध्यक्षमा पार्वता घिमिरे चयन भएकी छिन् ।

उक्त भेलाबाट नयाँ कार्य समितिकोउपाध्यक्षमा ईश्वरी दुवाडी, सचिवमा सलिन गोपाली (धादिङ), कोषाध्यक्षमा श्याम उप्रेती, सदस्यहरुमा विपिन श्रेष्ठ, प्रभा गौतम अधिकारी, राजन न्यौपाने,सुजित खरेल, राजन न्यौपाने र अमित रिजाल (धादिङ) चयन भएका छन् ।

नेपाली जनप्रगतिशील मञ्च युरोपकी सदस्य राममायाँ बिकको संयोजन र नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल युरोप समितिका सचिव कमरेड हरिशचन्द्र पोखरेलको प्रमुख आतिथ्यता र नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलकी अध्यक्ष सीता ढकालको विशिष्ट आतिथ्यता, महासचिव गोविन्द बुढाथोकी सहित सचिव राजन गिरी, नृपेश गिरी लगायतको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि पोखरेल जिर्वाचित क्षेत्रिय कमिटीलाई शुभकामना दिँदै पोर्चुगलका सबै क्षेत्रीय कमिटीलाई पुर्णता दिने बताएका थिए । विशिष्ट अतिथी ढकालले विचार र दृष्टिकोणमा प्रष्ट छौं विदेशि भूमिमा रहेर माओवादी केन्द्रको विचार र आस्था राख्नेहरुको साझा फोरम जनप्रगतिशील मञ्च भएको बताएकी थिईन् ।