धादिङ । धादिङबेसीमा शुक्रबार र शनिबार दुई दिन चलेको जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा १० स्वार्ण, ८ रजत र १५ कास्य पदक सहित एड्भान्स एकेडेमी प्रथम भएको टिम कोच मरियम फ्यूवाले धादिङपोष्टलाई बताईन् ।
राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङले आयोजना गरेको उक्त प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र १० कास्य सहित धादिङ तेक्वान्दो डोजाङ द्वितिय र ४ स्वर्ण, ३ रजत र ३ कास्य सहित चिल्ड्रेनपार्क तृतिय भएका छन् ।
प्रतियोगितामा एड्भान्स एकेडेमीबाट ४५ जना, धुनीबेसी डोजाङबाट २१ जना, धादिङ तेक्वान्दो डोजाङबाट २५ जना र चिल्ड्रेनपार्कबाट ८ जना सहभागी थिए । आयोजकले खेलाडी दर्ता स्वरुप जनही ५०० शुल्क लिएको थियो ।
खेल समापन तथा पुरस्कार वितरण समारोहमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, नीलकण्ठ नगरपालिकाका उप-प्रमुख दिपक विश्कर्माको उपस्थिति रहेको थियो भने शुक्रबार एक विशेष समारोहका बीच बागमती प्रदेश सरकारको निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए ।