सांसद डीपी अर्यालको अभिव्यक्ति आपत्ति जनक छ -राजाराम रिजाल

Avatar photo
Dhadingpost
बिहिबार, साउन १७, २०८१

धादिङ । संघीय सांसद डोल प्रसाद (डीपी) अर्यालले साउन १५ गते प्रतिनीधि सभाको बैठकमा दिएको अभिव्यक्ति आपत्ती जनक भएको जिल्ला अस्पताल धादिङका संचालन तथा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राजाराम रिजालले बताएका छन् । सांसद अर्यालले प्रतिनीधि सभाको बैठकमा धादिङ अस्पतालमा एक अमुक पार्टीको बैठक नियमित बस्ने गरेको अस्पतालका कर्मचारीहरु निर्धक्क भएर काम गर्न नससकेको अभिव्यक्ति दिएका थिए ।

माओवादी प्रति उनको त्यो अभिव्यक्ति निराधार भएको र आफू ०७९ मंसिर २९ गते देखि २०८१ जेष्ठ १८ गते सम्म अध्यक्ष हुँदा अस्पतालमा पार्टीको गन्ध आउने कुनै पनि कार्य नगरेको र अस्पतालका स्वास्थ्यकर्मीहरुले सहज वातावरणमा काम गरेको निवर्तमान अध्यक्ष रिजालले धादिङपोष्टलाई बताए । धादिङ सहित १३ जिल्लाका अध्यक्षहरुको पदावली सकिएको २ महिना भईसक्यो माननिय डोलप्रससाद अहिले संसदमा बोल्दै सभामुखको ध्यानाकर्षण गर्दै हुनुहुन्छ । कसैको उक्साहटमा उहाँ पर्नुभयो जस्तो लाग्यो आशा छ उहाँले यो अभिव्यक्ति सच्याउनु हुने छ रिजाल बताउँछन् ।

शालिकराम जम्कट्टेल बागमती प्रदेश सरकारको मुख्यमन्त्री हुँदा आफ्नो कार्यकालमा धादिङ अस्पताललाई धैरै प्रविधि युक्त बनाईएको समेत उनले बताए । ५० बेडको अस्पताललाई आफ्नो कार्यकालमा १०० बेडमा संचालन सँगै, सघन उपचार कक्ष (आईसीयु) संचालनमा ल्याईएको छ । भौतिक संरचना र स्वास्थय उपकरण लगाएतमा प्रादेशिक अस्पताल धादिङ एक नम्बर छ । अस्पताललाई चाहिने जनशक्ति प्रदेश सरकारको स्विकृत दरबन्दी र अस्पताल बिकास समितीले प्रदेश सरकारको सहमतिमा बिज्ञापन गरी प्रचलित मापडण्ड अनुसार लिने गरेको छ । कानुन विपरित कुनै कार्य गरिएको छैन पूर्व अध्यक्ष रिजाल बताउँछन् ।

आफू आएपछि हेमोडायलाइसिस सेवा, लिक्विड वेस्ट म्यानेज्मेन्ट प्लान्ट स्थापना, सिटी स्क्यान भवन निर्माण, ल्याव शाखा विस्तार तथा थप व्यवस्थित, विशेषज्ञ चिकित्सक सेवा प्रवाहमा वृद्धि, प्रसुति शाखामा विरामी कुरुवा कक्ष निर्माण, अपाङगता र ज्येष्ठ नागरिकमैत्री शौचालय निर्माण, टिकट काट्न देखिदै आएको भिड र असहजतालाई न्यूनिकरण गर्न डिजीटल टोकन प्रणाली जडान जस्ता कार्यहरु सम्पन्न भएको छ भने भवन निमार्णका लागि तात्कालिन मुख्यमन्त्री जम्कट्टेलको पहलमा बजेटको समेत सुनिश्चितता भईसकेको रिजाल बताउँछन् ।