धादिङ। धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर ५ ले वडा स्तरीय विपद् प्रतिकार्य व्यवस्थापन समूह गठन गरेको पालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष कुमार अधिकारीले बताए ।
सामाजिक अभियान्ताका रुपमा चिनिएका परेका वेला जुनसुकै समयमा पनि समय दिन सक्नेहरु सम्मिलित ३५ सदस्यी समूह गठन गरिएको वडा अध्यक्ष अधिकारीले बताए ।
गठित समूहले प्राकृतिक तथा मानविय विपदको जोखिम न्युनिकरण, रोकथाम, घाईतेको उद्दार, घटनास्थल सुरक्षा लगायतमा सहयोगीका भूमिका निभाउने बताईएको छ ।