धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ ले किसानलाई १० लाख मुल्य बराबरको सामाग्री प्रदान गरेको छ ।
वडा अध्यक्ष कुमार बस्नेतका अनुसार चालु आर्थिक वर्षको खर्चमा १० लाखको सामाग्री १० वटा कृषक समुहलाई कुखुराको चल्ला, ब्याड बोका, पाइप, तौल मेशिन, स्प्रे पम्प, कुटानी मिल, हिल ट्याङ्की, खाडल खन्ने मेशिन, मकै छोडाउने मेशिन लगायतका सामाग्री प्रदान गरिएको हो ।