धादिङबाट यू-१७ का २१ खेलाडी छनोट

Avatar photo
Dhadingpost
सोमवार, असार १८, २०८१

धादिङ । भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिपका लागि धादिङबाट प्रदेशका लागि धादिङ २१ जना खेलाडी छनोट भएका छन् ।

धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरि थापाका अनुसार १०० जना खेलाडीहरु मध्यबाट २१ जना बागमती प्रदेशका लागि छनोट भएका हुन् । प्रदेश केन्द्रको छनोट पार गरे उनीहरुले साफ यु-१७ च्याम्पियनसिप खेल्न पाउने छन् ।

धादिङबाट प्रदेश छनोटका लागि छोट भएका २१ जना

  • सुवास विक, गल्छी
  • जिवन रोक्का,गल्छी
  • रोजित उप्रेती, गजुरी
  • अभिशेष खाती मगर, सिद्धलेक
  • धिरज घले, नेत्रावती डवजोङ
  • सोहन लामा,धुनिबेसी
  • रिदम दुधराज, थाक्रे
  • समुल महरा, गजुरी
  • शक्ति घले, गजुरी
  • शिशिर क्षेत्री, थाक्रे
  • सागर तामाङ, गजसुरी
  • अम्विटिशन लामा, थाक्रे
  • समिर गुरुङ, नीलकण्ठ
  • निर्मल थापामगर, सिद्धलेक
  • विनित तामाङ, बेनीघाट रोराङ
  • बादल स्याङ्तान, धुनीबेसी
  • आयुश आलेमगर थाक्रे
  • अमनतुल्ला मिया, धुनिबेससी
  • जेनिश विसुराल, बेनीघाट रोराङ
  • आशिष तामाङ नेत्रावती डवजोङ

एन्फाको छनोट कार्यतालिका अनुसार बागमती प्रदेशको छनोट धुलिखेल खेल मैदान, काभ्रेमा २०८१/०३/१८ गतेबाट सुरुहुने छ ।

यू २० का धादिङका ३ खेलाडीले प्रदेश छनोट पार गरिसकेका छन् । उनीहरुले २०८१ श्रावण ३२ गते देखि भदौ १२ गते सम्म काठमाण्डौमा सञ्चालन हुने SAFF U-20 Championship 2024 का लागि बागमती प्रदेशले केन्द्रिय छनोट खेल्ने छन् ।