धादिङका अरुण सिलवाल पोखरा विश्वविद्यालय टप

Avatar photo
Dhadingpost
शुक्रबार, असार ८, २०८१

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका १ बैरेनी निवासी अरुण सिलवालले ४ जिपिए सहित पोखरा विश्वविद्यालय टप गरेका छन् । सिभिल ईञ्जिनियरिङ्ग तर्फ चौथो सेमेष्टरमा टप भएका हुन् । उनी प्रथम, द्वितिय,तृतिय समेष्टरमा समेत ४ जिपिए सहित टप नै थिए ।

नलाङ मिन्दुकाबाट एसईई दिएका उनी पालिाका टप भएका थिए, प्लस टु बागेश्वरी मावि मलेखुमा अध्ययन गर्दा बोर्ड परिक्षामा जिल्ला टप भएका थिए, भने अहिले उनी ईञ्जिनियरिङ्गको चौंथो सेमेस्टर सम्म आईपुग्दा पनि पोखरा विश्वविद्यालयमा टप मै छन् । अरुण School Of Engineering (POU ) मा अध्यनरत छन् ।

८ सेमष्टर सम्म आईपुग्दा जो प्रथम हुन्छ उसले राष्ट्रिपतिको हातबाट गोल्डमेडल ग्रहण गर्ने अवसर पाउने गर्दछ । त्यसका लागि धादिङका अरुण अग्र स्थानमा छन् ।