नीलकण्ठमा डेंगु निणन्त्रणका लागि अभिमुखिकरण

Avatar photo
Dhadingpost
बुधबार, असार ६, २०८१

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले सजिल्ला जन स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल धादिङको प्राविधिक सहयोगमा डेंगु नियन्त्रणका लागि साप्ताहि रुपमा डेंगु खोज तथा नष्ट अभियान गर्ने भएको छ ।

जिल्लामा डेंगु संक्रमितहरु देखिन थालेको र यो मौषम डेंगु लामखुट्टे फैलन मौषम भएकोले नीलकण्ठ नगरपालिकाले यो अभियान थाल्नु अघि सरोकारवालाहरुलाई अभिमुखिकरण गराएको जनस्वास्थ्यक कार्यालय धादिङका सूचना अधिकारी तोया छत्कुलीले धादिङपोष्टलाई बताए । अभिमुखिकरणमा टोल सुधार समितिका प्रमुख एवम् प्रतिनीधि, स्वास्थ्यकर्मी, प्रहरीको सहभागिता रहेको थियो ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत विभुकुमार झाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशाससकिय अधिकृत पुरुषोत्तम सुबेदी र धादिङ अस्पतालका मेसु डा. गगन अधिकारीले सहजिकरण गरेका थिए ।