धादिङ । नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको पाँचौं अधिवेशनमा आर्थिक वर्ष २०८१/८२ को कुल बजेट १ अरब १९ करोड १ हजार ४ सय रुपैंयाको श्रोत अनुमानबाट चालु र पूजिगत शीर्षकमा विनियोजन भएको बजेटको विवरण प्रस्तुत भएको छ । यद्यपी नगरसभाले वजेट पास भने गरेको छैन ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाको नीति तथा कार्यक्रम पास भए सँगै उप प्रमुख दिपक विश्वकर्माले आगामी आर्थिक वर्षका लागि अनुमाजित वजेट सभामा प्रस्तुत गरेका थिए । प्रस्तावित बजेटमा आगामी आ.व २०८१/८२ मा चालु खर्च तर्फ ८७ करोड ९४ लाख ८४ हजार ४०० रुपैया तथा पूजिगत खर्च तर्फ ३१ करोड ०५ लाख १७ हजार रुपैंया विनियोजन गरिएको छ ।
प्रस्तावित वजेटको सूची