एसीसी प्रिमियर कपः पहिलो खेल मलेसियालाई हराएको नेपालले आज कतार सँग खेल्दै

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १, २०८१

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको साविक विजेता नेपालले पहिलो खेल शुक्रबार मलेसियाले दिएको १४४ रनको मध्यम लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्दै पहिलो जित दर्ता गरेको थियो । आज कतार सँग खेल्ने छ ।

समूह-एमा नेपाल र मेलसियासँग हङकङ, कतार र साउदी अरेबिया छन् । समूह-बीमा युएई, ओमान , कुवेत, बहराइन र कम्बोडिया छन् । दुबै ससमुहको विजेताले फाईनल खेल्ने छन् । फाईनल जित्ने टिमले सन् २०२५ को एसिया कपका लागि छनौट हुनेछ ।

नेपाल टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेककुमार यादव, सन्दीप जोरा, अनिलकुमार शाह, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतीश जीसी. र अभिनाश बोहरा ।