नेत्रावती डवजोङका दुई युवा पुर्चोगलको समुन्द्रमा वेपत्ता

Avatar photo
गोविन्द बुढाथोकी
आइतवार, चैत्र २५, २०८०

पोर्चुगल । पोर्चुगलको सेतुबल जिल्लाको मोन्तिजो क्षेत्रमा बसोबास गर्दै आएका धादिङ नेत्रावती डवजोङ गाउँपालिका ५ घर भएका दुई युवा पोर्चगुलको सुमुन्द्रमा वेपत्ता हुँदा एक जनाको शव भेटिएको छ भने एक जना अझै वेपक्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयहरुको सक्रियतामा वेपत्ता दुई जना मध्य ३० वर्षिय धनबहादुर तामाङ (साजन) शव भेटिएको र ३८ वर्षिय टेकबहादुर तामाङको खोजि कार्यजारी रहेको प्रहरीले जनाएको छ । टेक बहादुर पोर्चुगल पुगेको १५ दिन मात्रै भएको जनाइएको छ ।