सिद्धलेकका शिशिर भट्ट ठगीको आरोपमा पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २२, २०८०

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ७ स्थायी ठेगाना भई हाल कलंकी बस्दै आएका शिशिर कुमार भट्टलाई प्रहरीले ठगि गरेको आरोपमा पक्राउ गरेको छ ।

बैकिङ कसुर, बैदेशिक रोजगार जस्ता बिभिन्न मुद्धामा सम्मानित उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका कैदीहरुलाई अदालतको सेटिङ मिलाई कारागारबाट छुटाई दिन्छु भनेर ९ लाख ८० हजार ठगी गरेको उनलाई मंगलबार माईतीघर मण्डलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।