जनप्रगतिशिल मञ्च रियादद्वारा आगलागी पीडितलाई सहयोग

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १८, २०८०

धादिङ । आगलागी पीडित इलाम जिल्ला सन्दकपुर गाउपालिका ५ जमुना स्थित रमेश गुरुङ, दुर्गा गुरुङ र बिमला राई गुरुङकी दाजु रमेश गुरुङलाई नेपाली जनप्रगतिशिल मञ्च साउदी अरब क्षेत्रीय समिती रियादले ३० हजार ०८९ आर्थिक सहयोग गरेको छ ।

रियाद क्षेत्रीय समिती अध्यक्ष एवम् धादिङका हरिभक्त मगरातीका अनुसार उक्त रकम नेकपा माओवादी केन्द्र सन्दकपुर ५ को वडा सम्मेलनको उपलक्षमा उक्त रकम नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य भोजप्रसाद खतिवडा (भीष्म) द्वारा पीडितलाई हस्तान्तरण गरिएको हो ।

केही समय अगाडि आगलागीबाट क्षती ग्रस्त हुन पुगेका गुरुङ परिवारको आर्थिक अवस्था नाजुक भएको खबर जीवन गुरुङले जानकारी गराएपछि जनप्रगतिशील मञ्च साउदी अरब स्थित रियाद क्षेत्रीय समितिले सहयोग संकलन गरि पिडितहरुलाई पठाईएको हो ।