मार्पाक प्रिमियर लिग CCM ले जित्यो

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ११, २०८०

धादिङ । मार्पाक प्रिमियर लिग (MPL) फुटसल प्रतियाेगिताकाे १३ औ सस्करण सम्पन्न भएकाे छ । धादिङकाे नेत्रावती डबजाेङ्ग गाउँपालिका भित्रका कुल १६ टिमकाे सहभागिता रहेकाे यस प्रतियाेगिताकाे उपाधी CCM ले जितेकाे छ भने उपबिजेता भेट्रान्स टिम बन्न सफल भएकाे छ ।

प्रतियाेगिताकाे बिजेता CCM ले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेता बनेकाे भेट्रान्सले नगद ७ हजार, मेडल र प्रमाणपत्र, उत्कृष्ट गाेलकिपर भेट्रान्सका एक बहादुर घले, उत्कृष्ट फरवार्ड पाेल्चेतका सुबास गुरुङ्ग र उत्कृष्ट डिफेन्स CCM का श्रीकृष्ण तामाङ्गले नगद १५००-१५०० सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।