धादिङका ४ खेलाडीलाई चौथो डान प्राप्त

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ९, २०८०

धादिङ । नेपाल तेक्वान्दो संघले ललितपुर स्थित सात दाेवाटाेमा आयाेजना गरेकाे ग्रेडिङ परिक्षामा धादिङका चार जना चौथो डान प्राप्त गरेका छन् ।

चौथो डान पाउने धादिङका चार खेलाडीमा नेपाल तेक्वान्दो संघ धादिङकाे कार्यबहाक अध्यक्ष सम्झना भण्डारी, सह-सचिव गाैतम श्रेष्ठ , काेषाध्यक्ष डेनिड विश्वकर्मा र कार्यसमिति सदस्य विदुर बास्काेटा छन् । यस ग्रेडिङमा देशभरका १५० जना खेलाडीहरु सहभागी थिए ।

नेपाल तेक्वान्दो संघबाट छैटाैं डान प्राप्त धादिङमा तेक्वान्दा् छन् । उनी धादिङमा तेक्वान्दो प्रशिक्षका रुपमा विगत २६ वर्ष देखि कार्यरत रमेशमान तुलाधर यस संघबाट नेपाल तेक्वान्दो संघबाट छैटाैं डान प्राप्त प्रशिक्षक हुन् भने पाचाैं डानमा धादिङका दुईजना अध्यक्ष प्रदिप गिरी र नेपाल आर्मीमा कार्यरत राम पोख्रेल छन् ।

छैटौं डान प्राप्त गर्नका लागि एक खेलाडीलाई करिव २२–२३ बर्ष लाग्ने गर्दछ । नेपालमा छैटौं डान प्राप्त गर्नेको संख्या ६१ पुगेको छ । तेक्वान्दोमा सर्वोच्च ९ औं डान सम्मको ग्रेडिङ्ग रहेकोमा नेपालमा ८ औं डानका एक मात्र तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्ग रहेका छन् ।

धादिङमा पहिलो पटक २०५४ सालमा तेक्वान्दो खेल सुरुभएको पाईन्छ । ०५४ सालमा जिल्लामा पहिलो पटक धार्केमा तेक्वान्दो खेलको प्रशिक्षण सुरुभएको भेटिन्छ । उक्त प्रशिक्षको सुरुवात रमेशमान तुलाधर र बद्रीप्रसाद घिमिरेले सुरुगरेका थिए ।