खेलप्रेमी वडाअध्यक्ष दुवाडी

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १, २०८०

धादिङ । माओवादी केन्द्रबाट धादिङको नीलकण्ठ १४ को वडा अध्यक्षमा निर्वाचित नवराज दुवाडी खेलप्रेमी वडा अध्यक्षका रुपमा परिचित छन् । खेलकुद आफ्नो रुचीको क्षेत्र भएको बताउने उनी आफ्नो वडामा कसरी खेलकुद विकास गर्न सकिन्छ भनेर योजनाहरु बनाएर अगाडी बढेका छन् ।

आफ्नो वडाका क्लवहरुले भाग लिने हरेक प्रतियोगिताहरुमा पुग्ने गरेका उनको चिन्ताको विषय भनेको युवाहरुलाई गाउँमा नै कसरी टिकाउने भन्ने छ । आफुले मात्रै चाहेर केनै पो गर्न सकिदो रहेछ र वडाको वजेटले के नै पो गर्न सकिन्छ र जति सकिन्छ प्रयास गरिरहेकै छु उनी भन्दछन् । बुधबार मात्रै एन्फा लिग खेलिरहेको बिधार्थी उपकार संघ पात्लेलाई उनले ३३ हजार ३५० बराबरको ट्र्याकसुट प्रदान गरे ।

अहिले हाम्रो वडामा कुपा, माने, पात्ले, भँगेरीस्थान, रातमाटे, रिमाल्टी, खरबारी, टार, डाँडाँगाउँ, रिङ्गाउँमा गरी १० खेल मैदानहरु छन् यी मध्य ५ वटामा नियमित जसो प्रतियोगिता हुँदै आएको उनी बताउँछन् । यी सबै खेल मैदानहरु काम चलाउन मात्रै हुन् पूर्वाधारका धेरै काम बाँकी छ वडाको पैसाले धान्दैन, प्रदेश र संघमा समन्वय गरिरहेको उनले धादिङपोष्टलाई बताए ।

स्थानीय क्लवहरुले भाग लिने हरेका जसो प्रतियोगितामा पुग्ने उनी गत हप्ता सुनौलाबजारमा सम्पन्न मुकुन्दसेन स्मृति कपमा समेत खेलाडीलाई हौसला प्रदान गर्न आईएका थिए उक्त प्रतियोगिता उनकै वडाको जनआवाज युवा क्लव मानेले जितेको थियो भने गत वर्षको जिल्ला लिग फुटबल पनि उनकै वडाको विद्यार्थी उपकार संघले जितेको थियो ।