मुकुन्द सेन स्मृति कप जनआवाज मानेले जित्यो

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २५, २०८०

धादिङ । धादिङको पुरानो सदरमुकाम नीलकण्ठ ६ सुनौलोबजारमा सम्पन्न दोस्रो मुकुन्दसेन स्मृति कप जनआवाज युवा क्लब नीलकण्ठ १४ मानेले जितेको छ । पेनाल्टी सुटआउटमा आयोजकलाई हराउँदै जनआवाज मानेले जितेको हो ।

प्रथम भए सँगै जनआवाजले १ लाख २१ हजार १११ हजार पायो भने उपविजेता बनेको आयोजकले ६० हजार ५१२ नगद हात पार्न सफल भयो । यस्तै प्रतियोगिताभरमा सर्वाधिक गोलकर्ता आयोजक टिमका सुजन विश्वकर्मा बने उनले ३ गोल गरेका थिए । उत्कृष्ट गोल किपर आयोजक कै केशर कोईराला बने, यस्तै उत्कृष्ट खेलाडीमा अनिल तामा बने उनीहरुलाई जनही ५-५ हजार प्रदान गरिएको थियो ।

विजेता टिम र खेलाडीलाई प्रमुख अथिति नीललकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा र प्रतियोगिता संयोजक लक्ष्मण रम्तेलले पुरस्कार र मेडल प्रदान गरेका थिए ।

यस अघि भएको पहिलो मुकुन्द सेन स्मृति खुल्ला फुटबल प्रतियोगिता ०७३ साल कार्तिक ५ देखि भएको थियो, युुवा ताथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन तथा तात्कालिन वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले समापन गरेका थिए । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ प्रथम हुँदै ४० हजार नगद जितेको थियो ।