मुकुन्द सेन स्मृति कपको फाईनल आज

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २५, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ६ सुनौलाबजारमा फागुन १९ गते देखि जारी सहिद मुकुन्द सेन स्मृति कप दोस्रो खुल्ला फुटबल प्रतियोगिताको फाईनल आज दिनको २ बजे हुने भएको छ ।

फाईनल खेल आयोजक र जनआवाज युवा क्लव माने बीच हुने भएको हो । फेमिफाईनलमा जनआवाजले डीएफसी र आयोजकले अरुणोदय युवा क्लव सिद्धलेकलाई पराजित गरेका थिए ।

प्रतियोगिताका संयोजक लक्ष्मण रम्तेलका अनुसार यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २१ हजार १११ हजार, द्वितिय पुरस्कार ६० हजार ५१२, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ५–५ हजार पुरस्कार रहेको छ ।

यस अघि भएको पहिलो मुकुन्द सेन स्मृति खुल्ला फुटबल प्रतियोगिता ०७३ साल कार्तिक ५ देखि भएको थियो, युुवा ताथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन तथा तात्कालिन वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले समापन गरेका थिए । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ प्रथम हुँदै ४० हजार नगद जितेको थियो ।