सुनौलाबजारमा आज डीएफसी र आयोजक भिड्दै

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २१, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा फुगुन १९ गते देखि जारी सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता अन्तरगत आज धादिङ फुटबल क्लव (डीएफसी) र आयोजक मुकुन्द सेन स्मृति कप टिम बीचको खेल हुने भएको छ ।

डीएफसी टिमः गोपी भण्डारी, रवि भण्डारी, विपिन कडेल, सागर तामाङ, अनमोल भण्डारी, विक्रम तामाङ, विमल तामाङ, राजन श्रेष्ठ, एकराज तामाङ, सुवास विक, समिर गुरुङ, कविन्द्र तामाङ र सर्जु गुरुङ

आजै अरुणेदय युवा कलव सिद्धलेक र रघुनाथ जनजागर समाजको खेल पनि हुने छ भने यस अघि भएको दुई खेलबाट आयोजक सेता र जन आवाज युवा क्लव माने सेमिफाईनल पुगि सकेका छन् । मानेले २ गोलले नवलपुरलाई हराउँदै र आयोजक सेतोले वाईसीएल नीलकण्ठ १२ लाई ६ गोलले हराउँदै सेमीफाईलन यात्रा तय गरेका हुन् ।

प्रतियोगिताका संयोजक लक्ष्मण रम्तेलका अनुसार यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २१ हजार १११ हजार, द्वितिय पुरस्कार ६० हजार ५१२, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ५–५ हजार पुरस्कार रहेको छ ।

यस अघि भएको पहिलो मुकुन्द सेन स्मृति खुल्ला फुटबल प्रतियोगिता ०७३ साल कार्तिक ५ देखि भएको थियो, युुवा ताथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन तथा तात्कालिन वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले समापन गरेका थिए । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ प्रथम हुँदै ४० हजार नगद जितेको थियो ।