धादिङ सुनौलाबजारमा मुकुन्द सेन स्मृति कप फुटबल सुरु

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १९, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा आजबाट सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । १० टिमले सहभागीता जनाउने यस प्रतियोगिताको उद्घाटन आज एक विशेष समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरेका हुन् ।

खेल संयोजक लक्ष्मण रम्तेलका अनुसार नीलकण्ठ नगरपालिकाको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २१ हजार १११ हजार, द्वितिय पुरस्कार ६० हजार ५१२, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ५–५ हजार पुरस्कार रहेको छ ।

यस अघि भएको पहिलो मुकुन्द सेन स्मृति खुल्ला फुटबल प्रतियोगिता ०७३ साल कार्तिक ५ देखि भएको थियो, युुवा ताथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन तथा तात्कालिन वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले समापन गरेका थिए । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ प्रथम हुँदै ४० हजार नगद जितेको थियो ।