धादिङका पुराना तीन कराते खेलाडी तेस्रो डान उत्तीर्ण

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १८, २०८०

धादिङ । धादिङमा कराते खेलमा योगदान गरिरहेका तीन पुराना खेलाडीले तेस्रो डान उत्तीर्ण गरेका छन् ।

बर्दिवासमा फागुन १३ देखि १७ गते सम्म भएको ग्रेडिङ परिक्षाबाट धादिङबेसी सितोरियोबाट तेस्रो डान उत्तीर्ण गर्नेमा रमेश कोईराला, रमेश कुमार श्रेष्ठ र सेरबहादुर तामाङ रहेको धादिङका कराते प्रशिक्षक भिम गुरुङले धादिङपोष्टलाई बताए ।

धादिङबेसी कराते डोजोको अध्यक्ष ससमेत रहेको रमेश कोईराला र अन्य दुई रमेश कुमार श्रेष्ठ र सेरबहादुर तामाङ सन् २००७ मै ब्लाक बेल्ट लिई सकेका खेलाडी हुन् ।