मुकुन्दसेन स्मृति फुटबल भोली देखि, सांस्कृतिक कार्यक्रमको साथमा उद्घाटन हुने

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १८, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा यहि फागुन १९ गते (भोली) देखि सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुती रहने बताईएको छ ।

प्रतियोगिताका संयोजक लक्ष्मण रम्तेलका अनुसार उद्घाटन कार्यक्रममा खेम सेन्चुरी, गीता सेन्चुरी, राजन परियार, सरिता दन्कुटी, दिक्षा खाँण ठकुरी लगायतका कलाकारहरुको प्रस्तुती रहने छ । नीलकण्ठ नगरपालिकाको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २१ हजार १११ हजार, द्वितिय पुरस्कार ६० हजार ५१२, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ५–५ हजार पुरस्कार रहेको छ ।

यस अघि भएको पहिलो मुकुन्द सेन स्मृति खुल्ला फुटबल प्रतियोगिता ०७३ साल कार्तिक ५ देखि भएको थियो, युुवा ताथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन तथा तात्कालिन वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले समापन गरेका थिए । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ प्रथम हुँदै ४० हजार नगद जितेको थियो ।