लङ आइल्याण्ड नेपाली समाजको अध्यक्षमा धादिङका राजन गौलीको उम्मेद्वारी

Avatar photo
गोविन्द बुढाथोकी
बुधबार, फाल्गुन ९, २०८०

पेन्सिल्भेनिया । यहि फेब्रुअरी २४ तारिखका दिन हुने अमेरिकाको लङ आइल्याण्ड नेपाली समाजको निर्वाचनमा धादिङ घर भई अमेरिका बस्दै आएका राजन गौलीले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । यस निर्वाचनमा अध्यक्ष सहित धादिङका ८ जना चुनावी मैदानमा देखिएका छन् ।

को-को छन् धादिङका
गौली समूहमा
१. अध्यक्षमा राजन गौली, त्रिपुरासुन्दरी
२. उपाध्यक्षमा इन्दिरा सिंखडा, त्रिपुरासुन्दरी
३. सदस्यमा रवि खड्का, त्रिपुरासुन्दरी
४. सदस्यमा राज लामा, नेत्रावती डवजोङ
५. सदस्यमा प्रसान्त पाठक, त्रिपुरासुन्दरी
६. सदस्यमा टेक तामाङ, नेत्रावती डवजोङ
शर्मा समूहमा
१. महासचिवमा शंकर भण्डारी, त्रिपुरासुन्दरी
२. कोषाध्यक्षमा निर्मल थपलिया, बेनीघाट रोराङ

गत अधिवेशमा नै अध्यक्षका दावेदार रहेका गौलीलाई अर्को कार्यकालमा अध्यक्ष बनाउने ‘जेन्टलमेन्ट एग्रिमेन्ट‘ भएको थियो । तथापी अहिले महासचिव पर्वतका बाबुराम शर्माले अध्यक्षमा उम्मेदवारी घोषण गरे सँगै अध्यक्ष सहित सबै पदमा मतदान हुन लागेको बताईएको छ ।

गौली समूहबाट वरिष्ठ उपाध्यक्षमा सबिता सिवाकोटी, उपाध्यक्षमा द्वय गोकुल सापकोटा र इन्दिरा सिम्खडा उम्मेदवार छन् । महासचिवमा राजेन्द्र कार्की, सचिवमा द्वय चन्द्र पराजुली र दीपक अधिकारी, कोषाध्यक्षमा सुरज पोख्रेल र सह कोषाध्यक्षमा राम के राई, सदस्यमा पत्रकार ज्ञानप्रसाद शर्मा बास्तोला, डा. यम राज गिरी, अम्बिका फुयाँल, विकास मैनाली, विमला भण्डारी, टेक मान तामाङ, प्रशान्त पाठक, रबी खड्का, राज के तामाङ, रोश्नी सिटौला, सुजन रेग्मी, र ज्ञानु चन्द छन् ।

यस्तै शर्मा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा बाबुराज सिंहा(अमित), उपाध्यक्षमा द्वय विशाल रेग्मी(बिसु) र रुपा भण्डारी उम्मेदवार छन् । महासचिवमा शंकर भण्डारी तथा सचिवमा द्वय मन क्षेत्री(मोहन) र रमेश सत्याल उम्मेदवार छन् । कोषाध्यक्षमा निर्मल थपलिया र सह कोषाध्यक्षमा इन्दु थापा, सदस्य पदका लागि इलिजाबेथ ढकाल, नमिता पौडेल, अनुज लामिछाने, सुमन बास्तोला, राजकुमार गुरुङ, दीपक शर्मा, पुष्पराज रेग्मी, नीरज सापकोटा, पारस खरेल, सहकुल गिरी र सरोज जिसी उम्मेदवार छन् ।