धादिङमा भोली देखि अन्तरपालिका स्तरीय फुटसल हुने खेल तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ४, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले भोली फागुन ५ गते देखि प्रतियाेगिता धादिङबेसी स्थित धादिङ फुटसल एकेडेमीमा अन्तर पालिका जिल्ला स्तरीय फुटसल प्रतियोगिता गर्ने भएको छ ।

नीलकण्ठ नगरपालिका १० का अध्यक्ष सरोज पाण्डेका अनुसार धादिङको धुनीबेसी नगरपालिका बाहेकका सबै पालिकाले प्रतियोगितामा सहभागिता जनाउने छ ।

प्रथम १ लाख, उपविजेता ५० हजार र तृतीय हुने टिमले २५ हजार पुरस्कार पाउने यस प्रतियोगितामा पालिकाका जनप्रतिनिधि र कर्मचारीले मात्रै सहभागीता जनाउने छन् ।