धादिङमा हुने राष्ट्रिय दोहोरीगीतको खेल तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङमा हुने ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यस प्रतियोगितामा धादिङको दुई टिमले भाग लिने छन् । उद्घाटन खेल नवलपुर र कञ्चनपुर बीच हुने खेल तालिकामा उल्लेख छ ।

प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ५ गते उद्घाटन गर्ने यस प्रतियोगिता बेनीघाटको चरौंदीमा फागुन ८ गते सम्म चल्ने छ । प्रतियोगितामा धादिङका दुबै टिम एउटै पोलमा परेका छन् । धादिङ ‘क’ ले ३६ औं खेल हुम्ला र नुवाकोटमो विजेता सँग खेल्ने छ भने । धादिङ ‘ख’ ले ३२ औं खेल गण्डकी प्रदेश सँग खेल्ने छ । धादिङ ‘क’ मा सुरेन्द्र फ्याली मगर र संगीता फ्यालीमगर छन् भने धादिङ ‘ख’ बाट राम परियार रपार्वती आलेले खेल्ने छन् ।

खेल तालिका