पात्लेमा आजबाट नवौं मानबहादुर कप फुटबल हुँदै (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
बुधबार, पुस २५, २०८०

धादिङ । विद्यार्थी उपकार संघ नीलकण्ठ १४ धुवाँकोट पात्लेको आयोजनामा आजबाट जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको नवौं मानबहादुर मेमोरियल कप 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुन गहिरहेको छ । यस प्रतियोगितामा २० टिमले भाग लिने भएका छन् ।

यस प्रतियोगितामा प्रथमलाई १ लाख ३० हजार, उप विजेता पुरस्कार ६० हजार, सेमिफाईनलमा रोकिएका दुई टिमलाई २०/२० हजार पुरस्कार प्रदान गरिने आयोजक संस्थाका सचिव प्रेम तामाङले धादिङपोष्टलाई बताए ।

गत साल सम्पन्न आठौं मानबहादुर मेमोरियल कप फुटबल धादिङ नेत्रावती डवजोङ सेमजोङको डब्जोङ क्षेत्र संरक्षण समाजलाई १(२ को गोल अन्तरले हराउँदै नुवाकोटको दाङसिङ युवा क्लवले जितेको थियो । उक्त प्रतियोगितामा प्रथमलाई १ लाख २५ हजार र उपविजेतालाई ६० हजार प्रदान गरिएको थियो ।

खेल तालिका