धादिङमा ६० वर्ष माथि उमेर समूहको बाघचाल, गट्टा र डण्डी बियो सम्पन्न (फोटो फिचर)

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २४, २०८०

धादिङ । धादिङको पाल्पा सामरी भञ्ज्याङ मावि नीलकण्ठ ९ पाल्पा भञ्ज्याङमा ६० वर्ष उमेर समूहको बाघचाल, गट्टा र डण्डी बियो प्रतियोगिता सम्पन्न भएको छ । साँस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवर्द्धन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगले यस प्रतियोगिताको आयोजना गरेको पाल्पा सामरी भञ्ज्याङ माविका प्रधानाध्यापक नरहरी लम्सालले बताए ।

प्रतियोगितामा बागचाल तर्फ राम्जी लम्सल प्रथम, रघुनाथ लम्साल द्वितिय र कृष्ण दुवाडी सान्तोन भएका छन् । गट्टा तर्फ तारादेवि लम्साल १६ अंक ल्याउँदै प्रथम, फुलौरी श्रेष्ठ ४ अंकका साथ द्वितिय र कमला लम्साल सान्तोना भएका थिए । यस्तै ५/५ जनाको दुई टिम बीच ५ राउण्ड भएको डण्डीबियो प्रतियोगितामा १२४५ अंक ल्याउँदै दुवल नारायण श्रेष्ठ, भोजराज सुवेदी, टंकप्रसाद खनाल, फत्तबहादुर लम्साल र ढुण्डनारायण श्रेष्ठको टिम प्रथम भयो । उपविजेता बनेको कालेदमै, गोपाल प्रसाद लम्साल, रुद्रबहादुर लम्साल र खड्गनारायण श्रेष्ठको टिमले ११५५ अंक ल्याएको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाई धादिङका अधिकृत कृष्णकुमार श्रेष्ठको प्रमुख निर्णायकको भूमिका रहेको यस प्रतियोगिताको विजयी खेलाडीहरु बाघचाल र गट्टा तर्फ प्रथम, द्वतिय, तृतिय र सान्तोनालाई क्रमशः २५सय, २ हजार, १५ सय र १ हजार, डण्डी बियो प्रथमहुने खेलाडीहरुलाई जनही २ हजार र द्वितिय हुने खेलाडीलाई जनही १२ सय नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।