धादिङमा भोली बाघचाल, गट्टा खेल हुँदै, ६० वर्ष माथिकाले सहभागिता जनाउने

Avatar photo
Dhadingpost
सोमवार, पुस २३, २०८०

धादिङ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजनामा भोली पुस २४ गते ११ बजे धादिङको पाल्पा सामरी भञ्ज्याङ मावि नीलकण्ठ ९ पाल्पा भञ्ज्याङमा बाघचाल, गट्टा र डण्डी बियो खेल हुने भएको छ । उक्त खेलमा ६० वर्ष माथि उमेर समुहका जेष्ठ नागरिकहरु सहभागि हुने बताईएको छ ।

साँस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवर्द्धन गर्न उक्त खेलकुद हुन लागेको विद्यालयका प्रधानाध्यापक नरहरि लम्सालले धादिङपोष्टलाई बताए ।