धादिङका मुकेशले भारतलाई हराउँदै स्वर्ण जिते

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ६, २०८०

धादिङ । पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपका स्वर्ण विजेता धादिङ धुनीबेसी नगरपालिका २ छत्रेदेउरालीका मुकेश लुईटेलले भारतको नयाँ डिल्लीमा पुस ३ र ४ गते सम्पन्न  Pythian Games Festival 2023 अन्तरगत मुवाँथाई बक्सिङ्मा स्वर्ण पदक जित्न सफल भएका छन् ।

भारतमा हुने उक्त  Pythian Games Festival 2023 अन्तरगत मुवाँथाई बक्सिङ् विधामा नेपालको प्रतिनीधित्व गर्दै ६५ केजी तौल समुहमा मुकेशले स्वर्ण जितेका हुन् । उनले भारतका शिभान्स भार्गवलाई पराजित गरी स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा नेपालबाट समान २ पुरुष २ महिला गरी चार खेलाडी सहभागी भएकोमा चारैले स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका उपाध्यक्ष समेत रहेका टिम प्रशिक्षक राहुल मोक्तानले बताए ।