नेपाल तेक्वान्दो संघ धादिङको वार्षिक साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, पुस ५, २०८०

धादिङ । नेपाल तेक्वान्दो संघ धादिङको वार्षिक साधारणसभा धादिङबेसी स्थित क्रिक रिसोर्टमा सम्पन्न आज सम्पन्न भएको छ । तेक्वान्दो प्रतियोगिताको सिलसिलामा अध्यक्ष प्रदिप गिरी देशबाहिर रहेपछि कार्यबहाक अध्यक्ष सम्झना भण्डारीको सभापतित्व तथा नीलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्य एवम् वडा नम्बर १० का अध्यक्ष सरोज पाण्डेको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।

सकार्यक्रममा प्रमुख अतिथि पाण्डेले नीलकण्ठ नगरपालिकाले खेलकुद गतिविधिका लागि प्रस्तावना पेस गरेका कुनै पनि ससंघ क्लवहरु नीलकण्ठ नगरपालिकाले खालीहात नपठाएको दावी गरेका थिए । खेलकुद विकास का लागि नीलकण्ठ नगरपालिका सदैव पोजेटिभ रहेको बताउँदै वडा अध्यक्ष पाण्डेले तेक्वान्दो संघलाई पनि नीलकण्ठले नियमित सहयोग गर्दै आईरहेको दावी गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर कार्यपालिका सदस्य चिनामायाँ श्रेष्ठले खेलकुद विकासमा नगरपालिका प्रतिवद्ध रहेको बताएकी थिइन् ।

साधारणसभामा जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख रमेशमान तुलाधर, कबड्डी संघ धादिङका अध्यक्ष रत्नेश यादव, नगर भलिबलका अध्यक्ष महेन्द्र ढुङ्गाा र डोजाङ प्रमुख हरुको आतिथ्यता रहेको थियो ।

धादिङमा तेक्वादोको सुरुवात कहिले भयो ?
धादिङ जिल्लामा तेक्वान्दो खेलको सुरुवात मोहन घलेले गरेका थिए । त्यसपछि धादिङमा तेक्वान्दो प्रशिक्षणलाई निरन्तर दिने काम बद्रीप्रसाद घिमिरे, ईन्द्रमान तुलाधार, दशरथ बुढाथोकी गरे भने हाल जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख तथा धादिङ तेक्वान्दोका मुख्य प्रशिक्षक रमेशमान तुलाधारले गर्दै आएका छन् । धादिङ जिल्लामा सरकारी प्रशिक्षकको रुपमा वि. स.२०५४ सालमा रमेशमान तुलाधर आए सँगै आधिकारिक रुपमा प्रशिक्षण सुरुभएको देखिन्छ । त्यसपछि बद्री प्रसाद घिमिरे अध्यक्ष रहेर २०७० मा धादिङ जिल्ला तेक्वान्दो संघ गठन भयो । कार्यबहाक अध्यक्ष सम्झना भण्डारीका अनुसार नीलकण्ठ नगरपालिकामा सिमित रहेको तेक्वान्दो खेलको प्रशिक्षण अहिले राजमार्गका सबै पालिकाहरुमा संचालन भईरहेको ।

यस संघमा आवद्ध धादिङका डोजाङ्गहरु र हालको खेलाडी संख्या

  • धादिङ तेक्वान्दो डोजाङ्ग, प्रमुख रमेशमान तुलाधर खेलाडी संख्या १०३
  • टिम धादिङ्ग तेक्वान्दो डोजाङ्ग प्रमुख प्रदिप गिरी, खेलाडी संख्या ४३
  • बाल मन्दिर तेक्वान्दो डोजाङ्ग, प्रमुख प्रदिप गिरी, खेलाडी संख्या ४८
  • न्यु किबो बोर्डिङ स्कुल, प्रमुख गौतम श्रेष्ठ, खेलाडी संख्या ३८
  • सुनगाभा एकेडेमी, प्रमुख मोहित परियार, खेलाडी संख्या ५०
  • गल्छी तेक्वान्दो डोजाङ्ग प्रमुख सुब्बा श्रेष्ठ, खेलाडी संख्या ५०
  • सफल तेक्वान्दो एकेडेमी प्रमुख विदुर बास्कोटा, खेलाडी संख्या४६
  • मलेखु तेक्वान्दो डोजाङ्ग प्रमुख धनबहादुर गुरुङ, खेलाडी संख्या २८
  • पाविल हिमाल तेक्वान्दो डोजाङ्ग धनबहादुर गुरुङ, खेलाडी संख्या ५१
  • जनजागृति तेक्वान्दो एकेडेमी प्रमुख सुजन पण्डित, खेलाडी संख्या १२२
  • भुवनेश्वरी तेक्वान्दो एकेडेमी प्रमुख सुजन पण्डित, खेलाडी संख्या ५३
  • महादेवस्थान तेक्वान्दो एकेडेमी प्रमुख मिलन कार्की, खेलाडी संख्या ४२
  • केवलपुर हरिहर भोजकुमारी प्रमुख बिदुर बास्कोटा, खेलाडी संख्या४९
  • चण्डीभूमि तेक्वादो प्रमुख मुना तामाङ, खेलाडी संख्या ४६