धादिङका विष्णुलालको जोडी तीन देशिय ब्याडमिण्टनमा प्रथम हुँदै फर्कियो

Avatar photo
Dhadingpost
बुधबार, पुस ४, २०८०

धादिङ । भारतको कोलकत्तामा सम्पन्न भारत, भुटान र नेपाल सम्मिलित क्याडमिण्टन प्रतियोगितामा धादिङका विष्णुलाल श्रेष्ठ र बुध्दि चौधरीको जोडि प्रथम हुँदै नेपाल फर्किएका छन् ।

दुई जनाको उमेर जोड्दा १२० वर्ष माथि (१२० वर्ष माथि) उमेर समुह तर्फ यो जोडीले प्रथम हुँदै नगद २४ हजार समेत हात पारेको छ । यस्तै नेपालबाट उत्तम सिंखडा पाटनर मणि राज गुरुङको टिम दोसश्रो बन्यो भने कोलकत्ताको टिमबाट सहभागी नेपालका भु। पु। डि।आई।जि। पूर्ण चन्द्र जोशी तेश्रो हुन सफल भए ।

यस्तै उमेर समूह ८५ बर्ष माथिको विधामा नेपालबाट सहभागी ईन्द्र महता पाटनर खुस गुरुङ तेश्रो बनेका थिए ।