श्रीमतीलाई हम्मर हानेर बेहोस बनाएपछि श्रीमानद्वारा आत्महत्या

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ३, २०८०

धादिङ । नीलकण्ठ नगरपालिका–९ चिप्लेटीका ५५ वर्षीया उजेली नेपालीलाई ह्याम्मरले हानेर रगताम्मे हुनेगरि बेहोस बनाएका उनका पति ५५ वर्षीय सोमबहादुर नेपालीले आत्महत्या गरेका छन् ।

मानसिक समस्या भोगिरहेका सोमबहादुरले श्रीमतीलाई मार्ने उद्देश्यले ह्याम्मरले हानेको र प्रहरीले पक्राउ गर्ने भएपछि घर नजिकै रुपखमा डोरीको पासो लगाइ आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

टाउकामा लागेको चोटबाट बेहोस भएकी उजेलीको धादिङ अस्पतालमा उपचार नभएपछि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनापछि छोराहरु काजकिरिया गर्न थालेका छन् भने घाइते आमाको उपचारमा भान्जीले सघाइरहेको बताइएको छ । सामान्य रुपमा औषधी उपचारमा खर्च नलागे पनि बाहिर किन्नु पर्ने औषधी, बिरामी कुरुवा आदीमा हुने खर्च गर्न नै कठिन अवस्था रहेको बताईएको छ ।