धुसेनीमा पुस ८ देखि वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ३, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित धुसेनी खेल मैदानमा यहि पुस ८ गते देखि १५ गते सम्म वडा अध्यक्ष कप 7A Side खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

अन्नपूर्ण युवा समाजले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको समापन कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टल आउने स्थानीय सूर्य गुरुङले धादिङपोष्टलाई बताए ।

गुरुङका अनुसार यस प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ५० हजार ५०० र उपविजेतालाई ३० हजार ५०० रहेको छ । प्रतियोगिताका समापनको दिन गोरुजुधाई, वडा कार्यालय उद्घाटन गरिने कार्यक्रम रहेको छ ।