नेपाली समाज टेक्ससको निर्वाचनमा धादिङका धितालको उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २४, २०८०

धादिङ । नेपाली समाज टेक्सस एनएसटीको २०२३–२५ को नयाँ कार्यसमिति चयनका लागि आउँदो डिसेम्बर १६ तारिकमा हुने अधिबेशनमा धादिङका मनोज धितालले कार्य समिति सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

पत्रकारितामा स्नातक उत्तिर्ण गरेका धादिङ गल्छी गाउँपालिका ७ का मनोज धिताल अमेरिकाको टेक्सासमा बस्दै आएका छन् । सामाजिक क्षेत्रमम योगदान गर्दै आएका उनले नेपाली समाज टेक्सस एनएसटीको आशन्न निर्वाचनमा राजेन्द्र वाग्लेको टिमबाट उम्मेदवारी दिएका हुन् ।

नेपाली समाज टेक्सस यस क्षेत्रको सबैभन्दा ठूलो र पुरानो सामुदायिक संस्था हो । सन् १९९७ मा यो संस्था स्थापना भएको हो । अहिले दुईहजार ५ सय १२ जना सदस्य छन् ।