सेनाको जागिर पछि स्कुलमा पढ्न जान थाले प्रेमनारायण

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २१, २०८०

धादिङ । परिवारका सबै सदस्यले प्लस टु पास गरेका छन् । मैले ०५५ सालमा एसएलसी पास गरेसँगै पढाई रोकिएको थियो अब निरन्तरता दिन सुरु गरेको बताउँछन् प्रेमनारायण श्रेष्ठ ।

धादिङबेसी सदरमुकाम नीलकण्ठ ३ का स्थानीय उनी १९ वर्ष नेपाली सेनामा बिताएर अवकाश लिए सँगै नीलकण्ठ माविमा कक्षा ११ मा भर्ना भई पढाईलाई सुरुवात गरेका हुन् ।

युद्ध भैरव गण (एस.एफ.) मा जागिर सकेर फर्किएको ४४ वर्षिय उनी दैनिक विद्यालय आउँछन् । अध्ययनमा रुची भएसी पढाई नराम्रो हुने कुरै भएन मुख्य कुरा इच्छा शक्ति हो उनी कक्षामा नियमित उपस्थिति हुने र अनुशासित भएर पढ्ने गर्दछन् प्रधानाध्यापक ध्रुव अधिकारी बताउँछन् ।

उमेरका हिसावले कक्षामा आफु भन्दा धेरै कम उमेरका साथीहरु छन् तरपनि हामी साथी भैसक्यौ । शिक्षकहरुले पनि विद्यार्थी कै रुपमा बुझ्नु हुन्छ । सामाजिक काममा अलि बढी आफ्नो रुची भएकोले कानुनी विषय रोजेको छु उनी बताउँछन् ।