धादिङका डेनिड साउथ एशियन च्याम्पिनसिप खेल्न श्रीलंका प्रस्थान

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १८, २०८०

धादिङ । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिती धादिङका कोषाध्यक्ष डेनिड विश्वकर्मा प्रथम साउथ एशियन अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा भाग लिन श्रीलंका प्रस्थान गरेका छन् ।

अन्तराष्ट्रिय, राष्ट्रिय र प्रदेश गरि दर्जन भन्दा बढी प्रतियोगितामा भाग लिई सकेका डेनिडले मंसिर २५ र २६ गते प्रतियोगितामा भाग दिने छन् । उनलाई धादिङमा कार्यरत राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरले त्रिभुवन विमानस्थलमा पुगेर जितका लागि शुभकामना दिँदै विदाई गरेका थिए ।

Sri Lanka Taekwondo Federation को आयोजनामा हुने उक्त प्रतियोगितामा विभिन्न देशका ५०९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।