धादिङ । धादिङ जिल्लालाई क्रिकेट संघले मान्यता नदिए पनि धादिङमा क्रिकेटको विकास तिब्र गतिमा छ । क्याले मान्यता नदिएपनि मान्यता प्राप्त जिल्लाहरुबाट छनोट पार गर्दै प्रदेश छनोट खेल्न वाध्य छन् ।
प्रधानमन्त्री कप महिला टि२० छनोटका लागि बागमती प्रदेशको खेल जारी छ । उक्त प्रतियोगितामा भक्तपुर जिल्लाबाट आफूलाई छनोट गर्न सफल हुँदै बागमती प्रदेश छनोट प्रतियोगिता खेलि रहेकी छिन् धादिङ नीलकण्ठ रामकोट निवासी अप्सरा कुमाल ।
दुई दर्जन भन्दा बढी प्रतियोगिताहरुमा सहभागी हुँदै महिला क्रिकेटमा उदाउँदो खेलाडी अप्सराले गत सिजनको प्रधानमन्त्री कप महिला टि २० छनोट पनि भक्तपुरबाटै खेलेकी थिईन । पहिलो खेल आज काठमाडौं सँग् पराजित भएको अप्सरा सहभागी भक्तपुरले अर्को खेल भोली मंसिर १६ गते १२ः३० बजे चितवन सँग खेल्ने छ ।
जारी बागमती प्रदेशको प्रधानमन्त्री कप महिला टि २० छनोट प्रतियोगितामा क्यानको मान्यता प्राप्त ६ जिल्लाहरु मध्य काठमाडौं, भक्तपुर, ललितपुर र चितवन प्रतिस्पर्धा गरि रहेका छन् भने नुवाकोट र मकवानपुरले यस प्रतियोगितामा भाग लिएका छैनन् ।
२९ गतेसम्म हुने प्रतियोगितामा ६४ खेलाडीको सहभागी छन् । प्रतियोगिताबाट छनोट परेका खेलाडीलाई आगामी पुष १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा र बागमती प्रदेशले फागुन २५ गतेदेखि आयोजना गर्ने प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा सहभागी गराइने छ । छनोट भएका टोलीले एपिएफ क्लबसँग मैत्रीपूर्ण सिरिज पनि खेल्नेछन् । उक्त सिरिज आगामी मंसिर २७, २८ र २१ गते हुने क्रिकेट संघ बागमती प्रदेशले जनाएको छ ।