मकाउमा रहेका धादिङ्गेहरु संगठित हुँदै

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १५, २०८०

धादिङ । सुन्दर टापु नै मकाउमा अहिले २८०० को हाराहारीमा नेपालीहरु कार्यरत छन् । वैदेशिक रोजगारीमा विशेष गरी क्यासिनोमा सुरक्षाकर्मीका रूपमा नेपालीलाई रुचाएको मकाउले आकर्षक पारिश्रमिक दिने गरेकै कारण पछिल्लो समय मकाउ जानेको संख्या बढेको बताईन्छ ।

मकाउमा २८ सयको हाराहारीमा नेपालीहरु कार्यरत रहेको अुमान गरिएको छ । त्यसमध्य कति धादिङबासी छन्, खोज्न सुरु गरिएको अन्तराष्ट्रिय धादिङ समाजका मकाउ संयोजक नवराज लम्साल बताउँछन् ।

सबै व्यस्त छौं, काम गर्न आएपछि काममा ध्यान दिन परिहाल्यो । ५०–६० जना धादिङ्गे मकाउमा छौं कि भन्ने मेरो अनुमान छ । धादिङका साथीहरुलाई अन्तराष्ट्रिय धादिङ समाज मकाउमा गोलबन्द गर्दै छौं । आउने जाने क्रम क्रमिक रुपमा चलिरहने हुँदा यति नै भन्न त नसिकएला तर हामी संस्थागत विवरण संकलनमा छौ संयोजक लम्सालले बताए ।

मकाउबारे जानकारी
मकाउ मनोरञ्जनको सहर हो र जुवा नै यहाँको मुख्य आम्दानीको स्रोत हो। चीनको दक्षिण रहेको सानो र सुन्दर टापु नै मकाउ हो। यसको क्षेत्रफल पहिले ३२.९ वर्गकिलोमिटर थियो । तर चीनले सन् २०१५ मा यसको क्षेत्र विस्तार गरेर ८५ वर्ग किलोमिटर बनाएको छ । जहाँको जनसंख्या ६ लाख ६७ हजार ४ सय छ । यो विश्वकै अत्यधिक जनघनत्व भएको क्षेत्र पनि हो । प्रतिवर्ग किलोमिटर क्षेत्रमा २१ हजार ३ सय ४० मानिस बसोबास गर्ने मकाउमा ८८ प्रतिशतभन्दा बढी हान जातिका चिनियाँ छन् ।

एक देशः दुई व्यवस्थाअनुसार मकाउ चीनको विशेष प्रशासनिक क्षेत्र हो। चीनभरि कम्युनिस्ट पार्टीको शासन भए पनि हङकङ र मकाउमा पुँजीवादी व्यवस्था छ । यसो हुनाको मुख्य कारण सन् १५५७ देखि मकाउ पोर्चुगलको उपनिवेश रहेकाले हो । सन् १५५७ मा व्यापार युद्ध समाप्त भएपछि पोर्चुगलले चीनलाई वार्षिक २५ किलोग्राम चाँदी दिने गरी मकाउ भाडामा लिएको थियो । केही वर्षसम्म त पोर्चुगलले सम्झौताअनुसार चीनलाई शुल्क बुझायो । तर केही वर्षपछि तिर्न आनाकानी ग¥यो र फेरि अर्को सम्झौता भएपछि मकाउ पोर्चुगलको उपनिवेश बन्यो ।

सुधार र खुलापनका चिनियाँ अभियन्ता तङ स्याओफङले प्रतिपादन गरेका ‘एक देश: दुई व्यवस्था’अन्तर्गत बेलायतको नियन्त्रणमा रहेको हङकङ चीनलाई फिर्ता हुने सम्झौता भएपछि सन् १९८७ मा चीन र पोर्चुगलबीच मकाउ पनि चीनलाई हस्तान्तरण गर्ने सम्झौता भयो । नयाँ सम्झौताअनुसार मकाउ ४ सय ४२ वर्षको औपनिवेशिक शासनपछि सन् १९९९ डिसेम्बर २० तारिख मातृभूमि चीनमा समाहित भयो ।