धादिङ । नीलकण्ठ नगरपालिका शिक्षा शाखाले मंगलबार आयोजना गरेको अन्तर माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकलामा सुनौलो भैरवी माध्यमिक विद्यालयमा अध्ययनरत प्रशंसा श्रेष्ठ प्रथम भएकी छिन् ।
प्रशंसा श्रेष्ठ वक्तृत्वकलामा मात्रै हुैन । शैक्षिक सत्र २०७९ को आधारभूत तह (कक्षा ८) सामुदायिक विद्यालय तर्फ प्रथम हुन सफल भएकी छिन् । उनलाई नगरपालिका शिक्षा शाखाले सम्मान समेत गरेको छ ।
‘समावेशी र सिपमुलक शिक्षा: स्वेदशमा युवा राष्ट्रको इच्छा’ विषयक वक्तृत्वकला प्रतियोगितामा रामकोट मा.वि., नीलकण्ठ ८ की सुनिता वि.क. द्वितीय तथा नीलकण्ठ मा.वि, नीलकण्ठ–३ की पुजा रिजालले तृतीय स्थान हात पारिन् । १९ विद्यार्थी सहभागी उक्त प्रतियोगितामा विजयीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्रले पुरस्कृत गरिएको नीलकण्ठ नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक कृष्ण प्रसाद लम्सालले बताए ।