नीलकण्ठ नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने ३० विद्यार्थीलाई सम्मान

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १२, २०८०

धादिङ । नीलकण्ठ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सरकारी तथा नीजि विद्यालयमा अध्ययनरत उत्कृष्ट ३० जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच नगद सहित सम्मान गरेको छ ।

शिक्षा दिवसको अवसरमा प्रदान गर्ने भनिएको कार्यक्रम शिक्षक आन्दोलनका कारण रोकिएका कारण आज सम्मान तथा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रमको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका स्रोत व्यक्ति मेघनाथ कोईरालाले बताए ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ बाट ९ जना, कक्षा १० बाट १४ जना र कक्षा ८ बाट १४ जना गरी ३० जना उत्कृष्ट विद्यार्थीहरुलाई प्रथमलाई ३५००, दोस्रोलाई २५०० र तृतिय हुनेलाई १५०० नगद सहित सम्मान गरेको हाे ।

सामाजिक विकास समिति संयोजक चिनामाया श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रसाशकीय अधिकृत पुरुषोत्तम सुवेदी, शिक्षा विकास समन्वय ईकाई प्रमुख भगवान पौडेल लगायतको विशेष आतिथ्यता रहेको थियो ।

सम्मानित हुने विद्यार्थीको विवरण