बृचेत माविका अध्यक्ष भन्छन्, विद्यार्थीको पढाईमा रुची घट्यो

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ११, २०८०

धादिङ । धादिङको खनियाबास स्थित दार्खामा रहेको बृचेत माध्याकिम विद्यालयका अध्यक्ष पहलमान तामाङले पछिल्लो समय बृचेत माविमा कक्षा १० का विद्यार्थीले चाहिदो मात्रामा पढाईमा ध्यान दिन नसकेको बताएका छन् । बोलाउँदा अभिभावक नआउने कक्षा १० का विद्यार्थीहरु कोचिङमा नआउने गृहकार्य वास्ता नगर्ने भएपछि आफूले मंसिर १७ गतेलाई छलफलका लागि अभिभावक भेला राख्न विद्यालय प्रशासनलाई आग्रह गरेको समेत उनले बताए ।

सामाजिक संजालमै सूचना प्रवाह गर्नु पर्ने कारणबारे उनी भन्दछन्, नत्र अभिभावक बोलाउदा नआउने विद्यार्थी पढाईमा ध्यान नदिने अब सामाजिक संजालमै सूचना हालेपछि कसो नआउलान् उनले भने ।

२०७९ को एसईई परिक्षाको नतिजा अनुसार जिल्लाका १५९ विद्यालय मध्य बृचेत मावि औंसत २.३५ जीपीए सहित ९६ औं स्थानमा छ । हाल कक्षा १० मा ५८ जना विद्यार्थी अध्ययनरत छन् ।