रास्वपा गल्छीको सभापतिमा कुमार रिमाल चयन

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २५, २०८०

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न रास्वपा गल्छीको सभापतिमा कुमार रिमाल चयन भएका छन् ।

भेलाले उप सभापतिमा रमेश अधिकारी, सचिवमा गीता नेपाल, कोषाध्यक्षमा सुजन घिमिरे, सदस्यहरुमा रामकृष्ण खतिवडा, लुमडी प्रसाद खतिवडा, रातेबहादुर तामाङ, चित्रकुमारी श्रेष्ठ, नारायण प्रसाद आचार्य र बासु अतिवडालाई चयन गरेको छ ।

छाउँटारमा सम्पन्न उक्त भेला उद्घाटन गर्दै केन्द्रिय सभापति रवि लामिछननेले मूलुकमा अवैध धन्दा चलिरहेका छन् अब हामी चल्न दिदैनौ । विधिका शासनका लागि रास्वपा जन्मिएको दावी गरेका थिए । भने उप सभापति डीपी अर्यालले अहिले पनि आफ्नो कार्यक्रमा आउन नदिन गौंडा थुन्ने काम गरिरहेको सुनिएको बताउँदै गौडा छेकेर रास्वपा कमजोर नहुने र जनताको गोप्य मतदानले गौडा थुन्नेहरुको चेत खुन्ने बताएका थिए ।