अवैध धन्दा चल्न दिदैनौं -रवि लामिछाने

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २५, २०८०

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछननेले मूलुकमा अवैध धन्दा चलिरहेका छन् अब हामी चल्न दिदैनौ । विधिका शासनका लागि रास्वपा जन्मिएको समेत उनले दावी गरेका छन् ।

धादिङको गल्छी गाउँपालिकाको भेला उद्घाटन गर्न छाँयाटार आएका उनले विधिको शासनका रास्वपाको मुल मर्म हो । जनताले रास्वपाबाट धेरै आशा गरेका छन् त्यसप्रति आफूहरु प्रतिवद्ध रहेको समेत उनले दावी गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै उप सभापति डीपी अर्यालले अहिले पनि आफ्नो कार्यक्रमा आउन नदिन गौंडा थुन्ने काम गरिरहेको सुनिएको बताउँदै गौडा छेकेर रास्वपा कमजोर नहुने र जनताको गोप्य मतदानले गौडा थुन्नेहरुको चेत खुन्ने बताएका थिए ।

भेलाले पालिका स्तरीय कार्य समिति गठन गर्ने बताईएको छ ।