बेनीघाट राेराङकाे अध्यक्ष कप टी २० क्रिकेट बागेश्वरीले जित्याे

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २२, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको कार्तिक १७ देखि जारी विद्यालय स्तरीय बृहत खेलकूद प्रतियोगिता अन्तिम चरणमा पुगेकाे छ । अाज सम्पन्न अध्यक्ष कप टी २० क्रिकेट प्रतियोगिताकाे उपाधी चन्द्राेदय मावि विशालटारलाई ५ विकेटले पराजित गर्दै बागेश्वरी मावि रिचाेकचार मलेखुले जितेकाे छ ।

ब्राईटफ्युचर मावि मलेखुलाई हराउँदै फाईनल खेलेकाे चन्द्राेदयले दिएकाे १०० रनकाे लक्ष्य शंखादेवीलाई हराउँदै फाईनल खेलेकाे बागेश्वरीले ५ विकेटले जितेकाे हाे ।

जारी खेलकुद उत्सव भाेली कात्तिक २३ गते निर्बाचन आयाेगका प्रमुख निर्बाचन आयुक्त माननीय दिनेश कुमार थपलियाकाे प्रमुख आतिथ्यता र गाउंपालिकाका अध्यक्ष आदरणीय कृष्ण बहादुर थपलिया ( विवेक) काे अध्यक्षतामा समापन हुने बताएको छ ।

उक्त खेलकुद उत्सवमा पाँचाैं राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहिद स्मृति बृहत् खेलकुद प्रतियाेगिता, चाैथाे मदन भण्डारी स्मृति फुटबल कप प्रतियाेगिता र प्रथम अध्यक्ष क्रिकेट प्रतियाेगिता भएकाे थियाे ।